बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

४१ अंकले बढ्यो नेप्से, सबै सुचक लगभग हरियो

आइतबार, पुष २६ २०७७

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । आज आईतबार नेप्से एकै दिन ४१ दसमलव २४ अंकले बढेर २२ सय ३५ दसमलव ७२ अंकमा पुुग्दा सेन्सिटिभ सात दसमलव २१ अंकले बढेर चार सय २८ दसमलव ४३ अंकमा चढेको छ ।

दुुई सय सात वटा कम्पनीहरुको ५७ हजार एक सय ७१ पटकको कारोवारमा एक करोड ५० लाख ३० हजार आठ सय ३६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ३२ करोड ६६ लाख ४६ हजार आठ सय छ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा जीवन बीमा समुहको सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेकाछन ।

जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ५९ दसमलव ६१ अंकले बढेर १७ सय २० दसमलव ३० अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा प्रभुु लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा निर्धन उत्थान लघुुबित्त बित्तीय संस्था परेको छ । 

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।