शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

खुलेको २ घन्टामै परिसूचकमा ४२ अंकको बढ्यो, यी कम्पनीमा पोजेटिभ सर्किट

आइतबार, पुष २६ २०७७

साताको पहिलो दिन बजार खुलेको २ घन्टामै नेप्से परिसूचक ४२ अंकभन्दा बढीले उकालो लागेको छ।

यो समाचार तयार पर्दासम्म परिसूचक ४२.४५ अंकले उकालो लागेर २२३६.९३ अंकको उचाइमा पुगेको छ।

यसैगरी सेन्सेटिभ इन्डेक्स पनि ७.०६ अंकको बढोत्तरीका साथ ४२८.२८ को विन्दुमा उक्लिएको छ।

कारोबार भइरहँदा हालसम्म ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागिसकेको छ।

अहिलेसम्म सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहमा १२५.६७ अंकको बढोत्तरी भइसकेको छ।

अहिलेसम्म २०२ कम्पनीका ७२ लाख ६७ हजार ८७३ कित्ता सेयर ३ अर्ब १५ करोड ७३ लाख ९१ हजार १९० रुपैयाँमा कारोबार भइसकेको छ।