बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज देखी चन्द्रागिरि हिल्सको आईपीओ बिक्री खुला

शुक्रबार, पुष २४ २०७७

चन्द्रागिरि हिल्स लिमिटेडले आजदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यको दरले कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्काशनमा ल्याए पनि त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कम्पनीकै कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ।

गोलाप्रथाबाट १ लाख ३९ हजार ६०२ जनाले मात्र न्यूनतम १० कित्ता सेयर पाउन सक्ने भएकाले १० कित्ताका लागि मात्र आवेदन गर्नु उचित हुनेछ। सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरको वेब तथा एपमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुनेछ भने त्यस अवधिमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ।

चन्द्रागिरि हिल्सलाई इक्रा नेपालले इक्राएनपीआईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय राफसाफको सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। चन्द्रागिरि हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यसअघि स्थानीय बासिन्दाका लागि आईपीओ निष्काशन गरिसकेको कम्पनीको चुक्ता पूँजी यस आईपीओ बाँडफाँटपश्चात १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ।