काठमाडौं । नेप्से आज बिहिबार १५ दसमलव ९१ अंकले बढेर २१ सय ९४ दसमलव ४८ अंकमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव आठ अंकले बढेर चार सय २१ दसमलव २२ अंकमा चढेको छ ।
आज दुुई सय आठ वटा कम्पनीहरुको ५० हजार नौ सय ३३ पटकको कारोवारमा एक करोड १७ लाख ६७ हजार चार सय ९२ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब ८७ करोड ४७ लाख आठ हजार दुुई सय ७९ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुुंदा अन्य समुहको सुचक घटेर बाँकी ११ वटा समुहको सुचक बढेकाछन ।
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव चार अंकले बढेर १६ सय ६० दसमलव ५५ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक १० दसमलव ६४ अंकले बढेर १६ सय ७२ दसमालव १९ अंकमा चढेको छ ।
बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।
यसैगरी रकम कारोवारका आधारमा भने पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।