शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘तिनपाते’की अनु काफ्लेको ‘कस्तो लाग्यो तिमीलाई’ सार्वजनिक 

सोमबार, पुष २० २०७७

काठमाडौ । ‘तिनपाते’ शिर्षकको म्युजिक भिडियो बाट चर्चा कमाउन सफल कलाकार अनु काफ्ले र कलाकार सागर लम्साल (बले) अभिनित ’कस्तो लाग्यो तिमीलाई’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा स्वर, शब्द र संगीत अमेरिकामा बसेर गीत संगीतमा सक्रिय गायक लोक पौडेलको रहेको छ । 

यस गीतलाई रुपम सिंह गुरुङले संगीत संयोजन गरेका हुन् । नवविवाहित दम्पतिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमानले श्रीमती प्रति आभार र प्रेम प्रकट गरेका छन् । 

बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । कलाकार तथा निर्देशक राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।