काठमाडौं । अचेल बेलुका पख भयो कि बत्ति झ्यापझ्याप गएर उपभोक्ता तनावमा छन् । यसको कारण चाही आवश्यक बिजुली देशमा नभएर होइन कि बिद्युत प्रवाह गर्ने सिस्टम गुणस्तरहिन भएर हो ।
त्यसैले विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एसियाली बिकास बैंकसँग अर्थमन्त्रालयले १८ अर्ब २५ करोडको ऋण सम्झौता गरेको छ ।
आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ब्यहोर्नेछन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्तासहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।
विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।