शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रचना रिमालको मेरो धड्कन सार्वजनिक

बिहिबार, पुष १६ २०७७

काठमाडौ, पुुस १६
पछिल्लो समय सांगितिक क्षेत्रमा चर्चामा मिठो स्वरले चर्चा कमाएकी रचना रिमालको नयाँ गित ‘मेरो धड्नक’ सार्वजनीक भएको छ । रचनाको साथमा संगीत संयोजकमा उस्तै स्वरका धनि पुस्कर सुनुवार रहेका छन् । रचनाका हरेक गितले बजारमा एउटा तरंग छाएको समयमा पुनः अमिर माबो र पासाङ तामाङको शब्दलाई उनले भाव प्रदान गरेकी हुन् । रिमालको स्वरको जादुले हुन त हरेक शब्दलाई काबुमा पार्न सफल छिन् गायीका रिमाल यद्यपी पुन मेरो धड्कन बोलको गितलाई पनि आफ्नो स्वरको जादुमा पार्न सफल भएकि हुन् ।
गायिका रिमाल र गायक सुनुवारको धेरै गितहरु बजारमा आइसकेका छन् भने यो गित पनि बजारमा आइसकेको छ । भनिन्छ नि दुनियाँ प्रेममा बाँधिएको छ । हुन त प्रेमलाई अहिले सम्म कुनै शब्द तथा वाक्यले परिभाषित गर्न सकेको छैन तैपनि भाव भने हरेक शब्दले दर्शाउने छ । यसैको उदाहरण हो ‘मेरो धड्कन । गित गायक पुस्कर सुनुवारकै युट्युब च्यानलबाट बजारमा आइसकेको छ । गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका हुन् ।