बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

पाँच अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै

मंगलबार, पुष १४ २०७७

काठमाडौ, पुुस १४ । नेप्से बढेको छ । आज मंगलबार नेप्से पाँच दसमलव ५७ अंकले बढेर दुुई हजार १२ दसमलव ८९ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव १३ अंकले घटेर तीन सय ८२ दसमलव ४४ अंकमा झरेको छ ।
 दुुई सय नौ वटा कम्पनीहरुको ३७ हजार नौ सय १६ पटकको कारोवारमा ८० लाख एक हजार तीन सय १४ कित्ता सेयर किनबेच भएको छ भने कुुल कारोवार रकम चार अर्ब नौ करोड २२ लाख २७ हजार आठ सय दुुई रुपैयाँ पुुगेको छ ।  
आज १२ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहले गुमाएकाछन भने चार वटाले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव सात अंकले घटेर १५ सय २४ दसमलव पाँच अंकमा झरेकोमा बिकास बैंक, जलबिद्युुत, जीवन बीमा, टे«डिङ,् होटल, फाईनान्स र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि घटेकाछन । 
निर्जिवन बीमा समुहको सुचक भने आज ११ दसमलव ८५ अंकले बढेर नौ हजार तीन सय ८९ दसमलव ६७ अंकमा चढेकोमा लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।  
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नागरिक लगानी कोष परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा नबिल बैंक परेको छ ।