बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आज सुनचाँदी सस्तियो

मंगलबार, पुष १४ २०७७

साताको तेस्रो कारोबार दिन सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो।

यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँमा झरेको छ।

हिजो सोमबार भने सुनको भाउ तोलामा ७०० रुपैयाँले उकालो लागेको थियो। यो प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला फाइन गोल्ड ९४ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी तोलाका १ हजार ३०० रुपैयाँ कायम भएको छ। 

हिजो चाँदीको भाउ ३५ रुपैयाँले बढेको थियो भने गत आइतबार स्थिर रहेको थियो।