काठमाडौ, पुुस १३ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार भने बढेको छ । नेप्से आज आठ दसमलव ६७ अंकले बढेर दुुई हजार सात दसमलव २९ अंकमा चढेकोमा सेन्सिटिभ पनि एक दसमलव १४ अंकले बढेर तीन सय ८२ दसमलव ५७ अंकमा चढेको छ ।
दुई सय १४ वटा कम्पनीहरुको ३६ हजार दुई सय ४५ पटकको कारोवारमा ७४ लाख ९७ हजार तीन सय ८४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम तीन अर्ब ८५ करोड तीन लाख २० हजार ४५ रुपैयाँ पुगेको छ ।
आज १२ वटा समुहको कारोवार हुंदा टे«डिङ, बिकास बैंक र अन्य समुहको सुचक घटेकाछन भने बाँकी समुहको सुचक बढेकाछन ।
ति मध्ये बाँणिज्य बैंक समुहको सुचक नौ दसमलव ३४ अंकले बढेर १५ सय ३३ दसमलव ७५ अंकमा पुगेको छ भने जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने सिद्धार्थ बैंकको ऋणपत्र २०८२ परेको छ ।
यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।