नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन २५ दशमलव ५५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज मंगलबार ४८ दशमलव ५७ अंकले बढेर २६ सय ३३ दशमलव ६२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव १९ अंकले बढेर चार सय ६७ दशमलव ४५ अंकमा पुगेको छ । तीन सय ४७ वटा कम्पनीहरुको ७८ हजार आठ सय ६९ पटकको कारोबारमा दुई करोड तीन लाख ८७ हजार चार सय १३ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम आठ अर्ब २९ करोड १७ हजार एक सय १५ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्सेमा पुरै हरियाली छाएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दशमलव ८५ अंकले बढेर १४ सय ८८ दशमलव ३६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६५ दशमलव ९८ अंकले बढेर तीन हजार छ सय ४८ दशमलव ९८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ९७ दशमलव ४१ अंकले बढेर ११ हजार सात सय ६१ दशमलव ६१ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ७० दशमलव ६६ अंकले बढेर नौं हजार आठ सय ३५ दशमलव ८४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा धौलागिरी लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एभरेष्ट बैंकको ऋणपत्र २०८६ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा रिलायन्स स्पीनिङ मिल्स लिमिटेड परेको छ।