स्याङ्जा ऋषिपञ्चमीको अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले बगाउँदा स्याङ्जामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–९, भूम्रेकी ५३ वर्षीया माया पाण्डे रहेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
उनका अनुसार आज बिहान भूम्रेस्थित आँधीखोलामा स्नान गर्ने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो । उनलाई वडा प्रहरी कार्यालय वालिङका सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब चार किलोमिटर तल वालिङ–१३ स्थित शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा मृत फेला पारिएको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।