बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी बन्न काङ्ग्रेसको आह्वान

सोमबार, भाद्र २९ २०८३

काठमाडाै‌ । नेपाली काङ्ग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने आफ्नो १५औँ महाधिवेशनलाई भव्य रूपमा सफल बनाउन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक र शुभेच्छुकहरूलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ।

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका महामन्त्री प्रदीप पौडेलले यस महाधिवेशनलाई पार्टीको राजनीतिक तथा साङ्गठनिक जीवनको अत्यन्तै महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै मुख्य विषयहरू सार्वजनिक गरेका छन्।

यस क्रममा, महाधिवेशन प्रक्रियामा कुनै पनि क्रियाशील सदस्य नछुटून् भन्नका लागि पार्टीले पटक-पटक समय थप गरी वडा अधिवेशनको कार्यतालिका समेत परिमार्जन गरेको छ भने काङ्ग्रेसले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकायका रूपमा लिँदै, पार्टीभित्र देखिएका जुनसुकै असहमति र चासोहरूलाई संवादद्वारा हल गर्ने उपयुक्त स्थान महाधिवेशन नै भएको स्पष्ट पारेको छ।

यसबाहेक, केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली आधिकारिक रूपमा स्वीकृत गरेको छ भने बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले दिएको राजीनामाबारे पनि जानकारी गराइएको छ।