बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

रुकुम पश्चिममा जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु, नौ घाइते

आइतबार, भाद्र २८ २०८३

सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

कोटगाउँबाट सानीभेरी गाउँपालिका–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप आइतबार देउताखोलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत भने हुन बाँकी छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सानीभेरी–६ का वडाध्यक्ष पहलसिंह घर्तीका अनुसार मृत्यु हुनेमध्ये एक जना जिप चालक र अर्की एक महिला हुन्।

जिपमा चालकसहित ११ जना सवार रहेको र जिप साहु बलबहादुर पुनसहित नौ जना घाइते भएको वडाध्यक्ष घर्तीले बताए।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र घटनाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।