नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुन ७० अर्ब रुपैंयाँ तान्ने भएको छ । राष्ट्र बैंकले आज शुक्रबार मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट उक्त परिमाणमा रकम तान्न लागेको हो।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तान्न लागिएको हो । परिपक्व हुुने अवधि ५६ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८३ कात्र्तिक २० गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री हुन लागेको हो।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले जनाएको छ।
