शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

उनको उक्त अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।

उद्योगीहरूको विरोध र विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन्।