शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

बिहिबार, भाद्र २५ २०८३

काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले बैठकका लागि समय निर्धारण गरेका हुन्।

बैठकमा समसामयिक विषयसँगै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनालाई थप प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण छलफल हुने बताइएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारी संयन्त्रहरू निरन्तर खोज, उद्धार, उपचार तथा राहतमा परिचालित छन्।

बाढीबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनरुत्थानका लागि आवश्यक निर्णय गर्न प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाएको जनाइएको छ।

बैठकले बाढी प्रभावित क्षेत्रका लागि थप राहत तथा पुनःस्थापनाका कार्यक्रम र आवश्यक सरकारी कदमबारे निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।