बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

जेनजी सहिदको सालिक अनुहार नमिलेपछि अनावरण रोकियो, गृहमन्त्री फर्किए

बुधबार, भाद्र २४ २०८३

ललितपुर । जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्स परिसरमा निर्माण गरिएका ४५ सहिदका सालिकको अनावरण कार्यक्रम स्थगित भएको छ।

सहिदका परिवारले सालिकको अनुहार सच्याएपछि मात्रै अनावरण गर्न दिने अडान लिएपछि कार्यक्रम रोकिएको हो।

अनावरण कार्यक्रममा सहभागी हुन पुगेका गृहमन्त्री सुधन गुरुङसमेत सालिक अनावरण नगरी फर्किएका छन्।

सहिदका परिवारले सालिकमा मृतकको वास्तविक अनुहार झल्किनुपर्ने माग गर्दै त्यसमा सुधार नभएसम्म अनावरण गर्न नदिने बताएका छन्।

परिवारको असहमतिपछि निर्धारित कार्यक्रम स्थगित गरिएको हो।