बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ।
आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बैतडी जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए।
उनका अनुसार पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा प्रभावित भएको छ। अहिले जेसिबी प्रयोग गरी सडकमा खसेको पहिरो हटाउने काम भइरहेको छ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।