काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।
राष्ट्रपति पौडेल नुवाकोट पुगेर बाढीबाट प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत जानकारी लिएका हुन् ।
प्रभावित क्षेत्रको अवलोकनका क्रममा उनले खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनर्स्थापनालगायतका विषयमा जानकारी लिनुभएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।
राष्ट्रपति पौडेलले बाढी प्रभावितलाई राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरेका छन् ।