शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सुनको मूल्य बढ्यो, कति पुग्याे आज ?

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौँ  । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।