बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

१० दिनपछि सुरुङबाट उद्धार गरिएका दुवैको स्वास्थ्य अवस्था सामान्य

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौँ  । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उद्धार गरिएका कर्मचारीमा सञ्जय साह र कवीर महर्जन छन्। नेपाली सेनाको नेतृत्वमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले उनीहरूको जीवितै उद्धार गरेको हो।

उद्धारपछि दुवै जनाको स्वास्थ्य परीक्षण गरिएको छ। नेपाली सेनाका अनुसार सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ।

सञ्जयको स्वास्थ्य अवस्था सामान्य रहे पनि कवीर महर्जनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँस्थित छाउनी अस्पताल ल्याइँदै गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।

भोटेकोशी बाढीका कारण आयोजनाको सुरुङमा फसेका कर्मचारीको खोज तथा उद्धारका लागि सुरक्षाकर्मीको संयुक्त टोली निरन्तर परिचालन हुँदै आएको थियो। सुरुङभित्रको अवरोध हटाउँदै उद्धार टोलीले खोजीलाई निरन्तरता दिएको थियो।

१० दिनपछि दुई कर्मचारीलाई जीवितै उद्धार गर्न सफल भएपछि सुरुङभित्र अझै अन्य व्यक्ति भेटिन सक्ने आशा बढेको छ। अन्य सम्भावित जीवित व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको छ।