नुवाकोट । त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिमध्ये दोस्रो व्यक्तिलाई पनि जीवितै उद्धार गरिएको छ ।
भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि आयोजनाको सुरुङमा फसेका कामदारको उद्धारका लागि नेपाली सेनासहितको संयुक्त टोलीले निरन्तर खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ । उद्धारका क्रममा सुरुङको अवरोध हटाउँदै फसेका व्यक्तिलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ ।
यसअघि पनि त्रिशूली–३ ए आयोजनामा फसेका व्यक्तिको उद्धार गरिएको थियो । पछिल्लो उद्धारसँगै सुरुङभित्र अझै जीवित व्यक्ति भेटिने आशा बढेको छ ।
बाढीपछि त्रिशूली र भोटेकोशी नदी करिडोरका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा ठूलो संख्यामा कामदार सम्पर्कविहीन भएका थिए । त्रिशूली–३ एमा उद्धार टोलीले एक्स्काभेटर तथा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङको अवरुद्ध भाग हटाउँदै आएको छ ।