सुनसरीको इटहरी उपमहानगरपालिका–४ संगित चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १९ ग्राम ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ ज्वालामुखी गाउँपालिका–३ बस्ने २७ वर्षीय सुवास अर्याल र सिन्धुपाल्चोक त्रिपरासुन्दरी गाउँपालिका–३ बस्ने ३७ वर्षीय बिक्रम कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–६ बिरेन्द्र चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ७० मिलिग्राम र नगद ४ हजार ९ सय रूपैयाँ सहित मोरङ सुन्दरहरैंचा नगरपालिका–७ बस्ने २८ वर्षीय अमिन चौधरी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ७० मिलिग्राम सहित केराबारी गाउँपालिका–७ बस्ने ३३ वर्षीय कमल राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
दाङको घोराही उपमहानगरपालिका–१४ नवजलजला टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित सोही उपमहानगरपालिका–१४ सिद्धार्थ टोल बस्ने १९ वर्षीय सुसान्त दर्लामी मगर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले रा.६ प ४७४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।
बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका–३ बि गाउँ बस्ने २७ वर्षीय मन बहादुर थापा मगर र २७ वर्षीय प्रविण गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–८ कण्ठपुर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बढैयाताल गाउँपालिका–५ जगतिया बस्ने २२ वर्षीय आशिष थारू र बाँसगढी नगरपालिका–५ हंसनापुर बस्ने २४ वर्षीय आकाश थारू रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बाँकेको डुडुवा गाउँपालिका–४ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका–४ बस्ने ५८ वर्षीय जिलेदार खानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४५ वर्षीय सगिर खानबाट खरिद गरेको भन्ने खुल्नासाथ सगिरलाई समेत प्रहरीले पक्राउ गरेको छ । यसैगरी बाँकेको कोहलपुर नगरपालिका–११ लोकनगर गन्धर्भ बस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय पवन गन्धर्ब समेत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ आमसालबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ५ सय ५४ ट्याब्लेट र डाइक्लोमाइन १ हजार ५ सय ५४ ट्याब्लेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सावन राई र सोही नगरपालिका–६ बस्ने २७ वर्षीय शुभ राई रहेका छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले सावनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख भगवतीमाई गाउँपालिका–३ बस्ने २१ वर्षीय दिपक बोहरा र २५ वर्षीय बिनोद बोहरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका–८ बस्ने महोत्तरी बलवा नगरपालिका–९ घर भएका ४० वर्षीय अंसगर नदाफलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
अंसगरले दुबई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख १२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–८ बाट पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
डाँका चोरी मुद्दाका फरार प्रतिवादी काठमाडौं कीर्तिपुर नगरपालिका–३ बस्ने मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ घर भएका ३० वर्षीय सागर तामाङ भन्ने बिजय मोक्तानलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर भई केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौंमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–३ बाट पक्राउ गरेको हो । उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाइएको छ।
स्रोत नखुलेको नगद सहित पक्राउ
धनगढी उपमहानगरपालिका–४ नवजीवन अस्पताल अगाडि सडकबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित भारत पंजाव बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
करिब १ सय ९ किलोग्राम गाँजा बरामद
नगराइन नगरपालिका–५ स्थित सडक छेउको झाडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ९ किलोग्राम गए राति प्रहरीले बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय लग्माजटहीबाट खटिएको प्रहरीले उक्त स्थानमा ९ वटा पोका रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानग गरिरहेको छ।