शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा राहत कोषमा रकम सहयोग

बिहिबार, भाद्र १८ २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी पीडितको लागि कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट ५१ लाख रुपैंयाँ नगद रकम प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट उक्त रकम प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने निर्णय गरेको हो ।

त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरुले आफनो एक दिनको तलब प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा सामुहिक रुपमा जम्मा रकम ११ लाख नगद रकम योगदान निर्णय गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै यस कम्पनी संकटको घडीमा सधै साथ रहने वाचा सहित यो रकम प्रदान गर्दछ ।

रसुवा जिल्लामा आएको भोटेकोशी बाढीले भोग्नु परेको यस कठिन परिस्थितिको सामना गरिरहेको यस दुखदको समयमा कम्पनीको यो सहयोग मात्र नभई दुखमा परेका प्ररिवारहरुप्रतिको साथ र सहानुभूतितको सानो प्रयास मात्र हो । कम्पनीले आफनो स्थापनाकाल देखिनै राष्ट्रलाई पर्ने विभिन्न संकट, प्राकृतिक विपद तथा महामारीको घडीमा अग्रपंत्तिमा रहेर सहयोग गर्दै आइरहेको जानकारी समेत गराएको छ ।