बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रतिनिधिसभामा प्रधानमन्त्री शाहको सम्बोधन, भोटेकोशी बाढीबारे जानकारी

बुधबार, भाद्र १७ २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन सुरु गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले यही भदौ १० गते बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षति तथा त्यसपछि सरकारले सञ्चालन गरिरहेको खोज, उद्धार, उपचार र राहतका कामबारे जानकारी दिइरहेका छन्।

उनले बाढी प्रभावित नागरिकको व्यवस्थापन तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेका प्रयासबारे पनि संसद्लाई जानकारी गराउनेछन्।