प्रतिनिधिसभाको बैठक भोलि भदौ १७ दिउँसो १ बजेका लागी आह्वान गरिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले उक्त निर्णय गरिएको संघीय संसद सचिवालयले जानकारी दिएको हो ।
बैठकमा महाविपद्बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । जसमाथि दलीय आधारमा सबै दलका नेताहरूले बोल्नेछन् ।
१० भदौमा भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ ।
१० भदौमा नै प्रतिनिधिसभाको बैठक बसेको थियो । त्यसपछि अनिश्चितकालका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक १७ भदौमा बस्ने भएको हो ।
