शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रसुवागढी आयोजनाको सुरुङमा सेनाको खोजी : कोही नभेटिएपछि उद्धार टोली फर्कियो

सोमबार, भाद्र १५ २०८३

भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धारकर्मीहरू खोजीमा परिचालन भएका थिए।

टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर ड्रोनसमेत उडाई विस्तृत खोजी गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति फेला परेन।

सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि उद्धार तथा खोजी कार्य सम्पन्न गरिएको हो। त्यसपछि नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चे फर्किएको छ।