शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीः पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा

सोमबार, भाद्र १५ २०८३

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत सामग्री ढुवानीका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ ।

महासङ्घले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार गर्न तथा राहत सामग्री ओसारपसारका लागि आवश्यकताअनुसार निःशुल्क बस उपलब्ध गराउने जनाएको हो ।

उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ढुवानी गर्नुपर्ने भएमा महासङ्घका सुवन गिरी, श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ र नरबहादुर रानालाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।

महासङ्घले सुवन गिरीलाई ९८५१०८१३८२, श्री श्रेष्ठलाई ९८५१०९८५३६, दिलबहादुर श्रेष्ठलाई ९८५१०५०८७९ र नरबहादुर रानालाई ९८४१७७५७५३ मा सम्पर्क गर्न आग्रह गरेको छ ।