शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते

आइतबार, भाद्र १४ २०८३

मोरङ ।  मिक्लाजुङ गाउँपालिका–१ स्थित सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति भएको दुर्घटनामा ट्याक्टर चालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–८ हंशबारीका २६ वर्षीय शुक्र दमाईँको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरका सहचालक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ एकरातेका २१ वर्षीय किरण राईलाई उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ ।