काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित छ देशका ४५ विदेशी नागरिकसहित ३३६ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार आज बिहानदेखि रसुवाको टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट उनीहरूको हवाई उद्धार गरिएको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाको करिब चार हजार फौजको समन्वयमा बाढी प्रभावित क्षेत्रमा घाइते तथा जोखिममा परेकाको खोजी र उद्धार, आपत्कालीन उपचार तथा राहत वितरणको काम भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनासहित अन्य सुरक्षा निकाय र सम्बन्धित निकायको समन्वयमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ।