शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान

बिहिबार, भाद्र ११ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँग पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि सहभागी छन्। उनीहरू बिहान साढे ९ बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोटलगायत तल्लो तटीय क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति पुर्‍याएको छ। नुवाकोटको विदुर, वेत्रावती, त्रिशूली र देवीघाटलगायत क्षेत्रमा बाढीले क्षति पुर्‍याएको प्रारम्भिक विवरण छ।