शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीबारे छलफल गर्न रविले बोलाएको सर्वदलीय बैठक सुरु

बिहिबार, भाद्र ११ २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

बैठक सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा जारी रहेको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न दलका नेताहरू सहभागी छन्।

बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्नुका साथै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने र बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा छलफल भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका कामलाई प्रभावकारी बनाउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच आवश्यक समन्वय र सहकार्य गर्ने उद्देश्यले बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।