नुवाकोट । भोटेकोशीमा आएको भीषण बाढीमा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जनाको उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार त्रिशूली नदी किनारका विभिन्न स्थानबाट तीन जनाको शव फेला परेको हो। सिमचौर क्षेत्रमा दुई वटा र कोल्पुटारमा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
फेला परेका शवको पहिचान खुल्न बाँकी रहेको छ।
बाढीमा फसेका पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकाहरूलाई उपचारका लागि विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ।
बाढीले सडक तथा पुलमा क्षति पुर्याएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्कसमेत विच्छेद भएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिएका छन्।