शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

भोटेकोशी बाढीपछि पृथ्वी र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारी रोक

बुधबार, भाद्र १० २०८३

काठमाडौँ  । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढी र पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा रोक लगाएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँबाट ती राजमार्ग हुँदै विभिन्न जिल्लातर्फ जाने सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएको हो।

उनका अनुसार पृथ्वी राजमार्ग हुँदै चितवनलगायत पश्चिमी क्षेत्र, पोखरा, गोरखा, लमजुङ, धादिङ तथा पासाङल्हामु राजमार्ग हुँदै नुवाकोट र रसुवातर्फ जाने सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

भोटेकोशीमा आएको बाढी तथा पहिरोका कारण सडक र नदी तटीय क्षेत्रमा जोखिम बढेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै तत्कालका लागि सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ।