शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विशेष सेवा ऐन संशोधन विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

मंगलबार, भाद्र ९ २०८३

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ १६ गते दिउँसो १ः१५ बजे बस्नेछ।