काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले बिहीबार पेसी तोकेको छ।
देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।
रिटमाथि सुनुवाइका लागि बिहीबार पेसी तोकिएको कांग्रेस नेता मीन विश्वकर्माले बताएका छन्।
आधिकारिकताको विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्च अदालतले निस्सा प्रदान गरिसकेको अवस्थामा उक्त विवादको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षको तर्क छ।
नेपाली कांग्रेसले भने आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। अब सर्वोच्च अदालतमा हुने सुनुवाइपछि महाधिवेशन प्रक्रियाबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।