विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि नवजात शिशु फेला परेको छ ।
करिब दुई–तीन दिनको शिशु छोरा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले शिशुको उद्धार गरेको हो ।
प्रहरीले शिशुलाई उपचारका लागि कोशी अस्पताल विराटनगर पुर्याएको छ । हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
शिशुलाई उक्त स्थानमा कसले र किन छाडेको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।