शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

खोलामा डुबेर एक व्यक्तिको मृत्यु

आइतबार, भाद्र ७ २०८३

पर्सा । पर्साको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरीका अनुसार भैँसी चराउन खोलामा गएका बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको हो।

खोलामा ब्रह्मदेव बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्राप्त भएपछि सशस्त्र प्रहरी सुरक्षा बेस पोखरियाबाट प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा विपद् व्यवस्थापन टोली तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा संयुक्त टोली खोजीमा खटिएको थियो।

खोजीका क्रममा सशस्त्र प्रहरीको टोलीले ब्रह्मदेवको शव खोलामा डुबेको अवस्थामा फेला पारेको हो। शवको मुचुल्का तयार गरी परीक्षणका लागि नारायणी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।