शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

आइतबार, भाद्र ७ २०८३

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारका अनुसार सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय गाडीले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ जाँदै गरेको अर्को गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका आमाछोरीलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा ठक्कर दिने विद्युतीय गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।