शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

शुक्रबार, भाद्र ५ २०८३

काठमाडौँ । डोल्पा–जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

दुर्घटनामा नलगाड नगरपालिका–१० का २५ वर्षीय बालकृष्ण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बोहराको जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार भदौ ४ गते साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका–९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप दानेपिपलमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो।

दुर्घटनामा नलगाड–१० का २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार घाइते भएका छन्।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था तथा जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।