शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सरकार र सांसदबीच बढ्दो असमझदारीबारे रास्वपाले मन्त्रीसहित अन्तर्क्रिया गर्दै

बुधबार, भाद्र ३ २०८३

काठमाडौँ। प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज मन्त्रीहरूसहित अन्तर्क्रिया गर्ने भएको छ।

बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेले मन्त्री तथा सांसदहरूलाई आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ।

बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदबीच देखिएको असमझदारी, संसद्मा भएका गतिविधि तथा पार्टीभित्र देखिएका अन्य समसामयिक विषयमा समीक्षा हुने एक नेताले जानकारी दिए।

सरकारका कामकारबाही र संसद्मा सांसदहरूले उठाउँदै आएका विषयबीच देखिएको असमझदारीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।