शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बाजुरामा पहिरोले दुई घर पुरिँदा एक जना बेपत्ता, दुई घाइते

शुक्रबार, साउन २९ २०८३

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।

गएरातिदेखि परेको लगातार वर्षापछि स्थानीय ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको हो। पहिरोमा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।

त्रिवेणी नगरपालिका–९ का वडाध्यक्ष नन्दा थापाका अनुसार लगातार वर्षा भइरहेकाले घाइतेको उद्धार तथा बेपत्ता व्यक्तिको खोजीमा कठिनाइ भइरहेको छ।

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शैलेश्वरी बोहराको नेतृत्वमा १७ जनाको प्रहरी टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ परिचालन भएको छ।

लगातारको वर्षाका कारण घटनास्थलसम्म पुग्नसमेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता व्यक्तिको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षा टोलीले प्रयास गरिरहेको छ।