शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

देउवाको स्वागतका लागि विमानस्थलमा कांग्रेस नेता- कार्यकर्ताको भीड, तीन स्थानमा स्वागतको तयारी

बिहिबार, साउन २८ २०८३

काठमाडौं । लामो समयपछि विदेशबाट स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न विमानस्थलमा कांग्रेस नेता–कार्यकर्ताको भीड लागेको छ।

कांग्रेसको संस्थापनइतर समूहले देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका तीन स्थानमा स्वागत गर्ने तयारी गरेको छ। समूहले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा कार्यकर्ता भेला गरेको हो।

देउवालाई स्वागत गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरू बिहानैदेखि ती स्थानमा जम्मा भएका छन्। स्वागतका लागि बाजागाजा तथा सांस्कृतिक झाँकीसमेतको तयारी गरिएको बताइएको छ।

पूर्वसभापति देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

लामो समयदेखि स्वास्थ्य उपचारका क्रममा विदेशमा रहेका देउवा स्वदेश फर्किएपछि कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्ने राष्ट्रिय भेलामा समेत सहभागी हुने कार्यक्रम रहेको छ।