शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शिक्षा, स्वास्थ्य र कृषिमा भारतको रु ८० करोड सहयोग

बुधबार, साउन २७ २०८३

काठमाडौँ  । नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

विभिन्न परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका छन्।

समझदारीअनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका परियोजना सञ्चालन हुनेछन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा कृषि उत्पादन सङ्कलन तथा बिक्री केन्द्र निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ।

त्यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण हुनेछ।

बागमती प्रदेशअन्तर्गत धादिङको ज्वालामुखी गाउँपालिका–६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन निर्माण गरिनेछ भने कर्णाली प्रदेशको दैलेखस्थित डुङ्गेश्वर गाउँपालिका–५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ।

यसैगरी, हुम्लाको सर्केगाड गाउँपालिका–४ मा कृषि प्रवद्र्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ मा कोल्ड स्टोर निर्माण गरिनेछ।

समझदारीअनुसार यी परियोजना नेपाल सरकारका सम्बन्धित स्थानीय तह तथा संस्थामार्फत कार्यान्वयन गरिनेछ।:::