शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, साउन २६ २०८३

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठकमा पछिल्ला विकसित राजनीतिक तथा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ। साथै, विभिन्न नियुक्तिलगायतका विषयमा समेत निर्णय हुनसक्ने जनाइएको छ।

मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयसँगै सरकारका नियमित प्रशासनिक तथा नीतिगत निर्णयसमेत हुनसक्ने बताइएको छ।