शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सुक्खा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा क्षति, एक बेपत्ता

मंगलबार, साउन २६ २०८३

म्याग्दी  । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहमा सुक्खा पहिरो खस्दा एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन्।

आज बिहान विद्युत्गृहभन्दा माथिल्लो भागको पहाडबाट ढुङ्गासहितको सुक्खा पहिरो खसेर विद्युत्गृह पुरिँदा आयोजनाका कामदार अन्नपूर्ण गाउँपालिका–६ का ५५ वर्षीय दीपक बरुवाल बेपत्ता भएका हुन्। पहिरोमा परी गौरीगङ्गा नगरपालिका–५ का ३१ वर्षीय सुरेन्द्र विक घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पहिरोमा बेपत्ता बरुवालको खोजी कार्य भइरहेको छ। प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ।

घाइते विकलाई घटनास्थलबाट उद्धार गरी प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल बेनी पठाइएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।

पहिरोका कारण म्याग्दी हाइड्रोपावर प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृहका उपकरणमा समेत क्षति पुगेको छ। उपकरणमा क्षति पुगेपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको प्रहरीले जनाएको छ।