शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बालुवाटारमा प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

सोमबार, साउन २५ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

सरकार र सत्तारुढ दलबीच बढ्दो संशय तथा तिक्तताबीच आइतबार साँझ भएको भेटवार्ता करिब ४५ मिनेट चलेको बताइएको छ । लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न साँझ बालुवाटार पुगेका थिए ।

भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिका र सरकार–पार्टीबीचको समन्वयका विषयमा छलफल भएको उच्च स्रोतले जनाएको छ ।

त्यस्तै, लामिछानेको आसन्न भारत भ्रमण तथा प्रधानमन्त्री शाहले समेत भारत भ्रमण गर्ने तयारीबारे छलफल भएको बताइएको छ ।

भेटवार्तामा राजदूत छनोट, केही उच्च तहका नियुक्ति तथा सरकारका मन्त्रीहरूको कार्यप्रगतिका विषयमा समेत छलफल भएको स्रोतले जानकारी दिएको छ । बालेन प्रधानमन्त्री बनेयता लामिछाने दोस्रोपल्ट बालुवाटार निवास गएका हुन् ।

सरकार सञ्चालनका विषयमा पछिल्लो समय प्रधानमन्त्री शाह र सत्तारुढ दलबीच विभिन्न विषयमा संशय तथा असन्तुष्टि देखिँदै आएका बेला भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।