शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

शुक्रबार, साउन २२ २०८३

झापा । झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्रमा तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।

दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ बीच ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो।

सम्बन्धित क्षेत्रमा तोकिएको समय अवधिभर विद्युत् सेवा अवरुद्ध हुने भएकाले सर्वसाधारणलाई आवश्यक तयारी गर्न आग्रह गरिएको छ।

सबस्टेशन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताए ।