काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ५८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २६२ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।